logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विपतका बेला आफूखुसी हवाई भाडा नबढाउन समितिको निर्देशन

विपतका बेला आफूखुसी हवाई भाडा नबढाउन समितिको निर्देशन


  • आइतबार, असोज १३ २०८१

  • काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ । समिति सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै यस विषयमा आवश्यक निर्देशन तथा सहजीकरण गरिदिन अनुरोध गरेका हुन् ।

    देशको विभिन्न स्थानमा मनसुनी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बन्नुपर्ने समितिको पत्रमा उल्लेख छ । दसैँको मुखमा आएको विपत्तिले नेपाली जनतामा त्रासको वातावरण रहेको र देशका विभिन्न स्थानमा बाढी र पहिरोको असरले सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको समितिले उल्लेख गरेको छ ।

    ‘यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफू खुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठुलो असर पारेको देखिन्छ‚’ पत्रमा लेखिएको छ‚ ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय