logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वीपी प्रतिष्ठानका बेड कोरोना संक्रमितले भरिभराउ

वीपी प्रतिष्ठानका बेड कोरोना संक्रमितले भरिभराउ


  • बिहिबार, असोज २२ २०७७

  • धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना अधिकांश बेड लक्षणसहितका कोरोना संक्रमितले भरिएको भन्दै बिरामी नल्याउन सार्वजनिक सूचना जारी गरेको छ ।

    अधिकांश बेड लक्षणसहितका बिरामीहरु भर्ना भइसकेको अवस्था रहेकाले कोभिड संक्रमित बिरामी ल्याउनुपरेमा अस्पतालका कोभिड– १९ कोअर्डिनेटर डा. इन्द्र लिम्बुसँग सम्पर्क गरेर मात्र बिरामी ल्याउन भनिएको छ ।

    अस्पतालका निर्देशक प्रा. डा. गौरीशंकर शाहले सूचना जारी गरी समन्वय नगरी आएको अवस्थामा बिरामीले आईसीयू, भेन्टिलेटर तथा बेड पाउने ग्यारेन्टी गर्न नसकिने बताउनुभयो । प्रतिष्ठानका कोभिड– १९ कोअर्डिनेटर डा. इन्द्र लिम्बुले समन्वय नगरी बिरामी ल्याउने क्रम बढेकाले व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।

    प्रतिष्ठानमा लक्षण नदेखिएका संक्रमित राख्न ८५ बेडको आइसोलेसन छ । त्यस्तै वीपी प्रतिष्ठानकै कोभिड विशेष अस्पतालमा ८० बेडको आइसोलेसन, १० बेडको आईसीयू, १२ बेडको एचडीयू र ५ वटा भेन्टिलेटर रहेको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय