logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नारायणीमा गैंडा मृत फेला

नारायणीमा गैंडा मृत फेला


  • बिहिबार, असोज २२ २०७७

  • चितवन । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो ।

    डुङ्गा गस्ती टोलीले अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उहाँले बताउनुभयो ।

    निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताउनुभयो ।

    पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय