logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डा. गोविन्द केसी पक्षसँग आज वार्ता गर्दै सरकार

डा. गोविन्द केसी पक्षसँग आज वार्ता गर्दै सरकार


  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधनका लागि वार्ताको तयारी थालिएको छ । उहाँसंग आजै बार्ता गरिने तयारी गरिएपनि समय भने तय भइनसकेको सरकारी वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिनुभएको छ ।

    आज १ बजे अघिनै बार्ता हुने संभाबना रहेको १ बजे नभए ४ बजेपछि हुन सक्ने उहाँले जानकारी दिनुभयो । १ बजेदेखि शिक्षा सम्बन्धी सार्कस्तरीय भर्चुअल मिटिङमा सहभागी हुनुपर्ने भएकाले त्यसअघि नै या त ४ बजेपछि वार्ता गर्ने मैनालीले बताउनुभयो ।

    २५ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले उहाँका जायज माग सम्बोधन गर्ने प्रतिबद्धतासहित अनसन तोडाउने तयारी भएको उहाँले बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहनुभएको छ ।

    डा केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ । सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले हजो नै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । लगत्तै सरकारले वार्ता टोली गठन गरेको हो ।

    २५ दिनदेखि अनसनरत डाक्टरको केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको निगरानीमा खटिएका डा।सुवास आचार्यले जानकारी दिनुभएको छ । ६ बुँदे माग राख्दै भदौ २९ मा जुम्लाबाट अनसन थाल्नुभएका केसीको यो १९औँ अनसन हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय