logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

विमानस्थलबाट सुनसहित दुईजना पक्राउ


  • मंगलबार, भाद्र २५ २०८१

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री छन् । दोहाबाट काठमाडौँ आएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ ।

    भन्सार छलेको सुन अवैध तरिकाले सङ्कलन गरेर लैजान लागेको अवस्थामा २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुईथान र ल्यापटप सहित देबराज पक्राउ परेका हुन् । उनीहरूबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय