काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी आज सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता भएपश्चात गत वर्ष चालू आव २०७७÷ ०७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्य दक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।
बैंकको हाल सातै ओटा प्रदेशका ७७ ओटा जिल्लामा २४१ ओटा शाखा कार्यालय, २०५ ओटा एटीएम र ९३ ओटा शाखारहित बैंकिङ्ग रहेको छ ।