logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राप्रपा एकीकरणलाई निर्वाचन आयोगद्धारा वैधानिकता प्रदान

राप्रपा एकीकरणलाई निर्वाचन आयोगद्धारा वैधानिकता प्रदान


  • बुधबार, असोज २१ २०७७

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिनुभयो ।

    अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकिकृत गर्न सकेकोमा खुसी वयक्त गर्दै गौरव लागेको बताउनुभएको छ ।

    एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ भने चुनावचिन्ह ‘हलो’ हुने भएको छ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गर्नुभएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय