logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मधेसका नेता–कार्यकर्तालाई एमालेको अनुशासन प्रशिक्षण

मधेसका नेता–कार्यकर्तालाई एमालेको अनुशासन प्रशिक्षण


  • आइतबार, भाद्र २३ २०८१

  • काठमाडौँ । नेकपा एमालेले मधेस प्रदेशका नेता तथा कार्यकर्तालाई अनुशासनको प्रशिक्षण दिएको छ । मधेस प्रदेशको प्रशिक्षण कार्यक्रम महोत्तरीको बर्दिबासमा आइतबार सम्पन्न भएको हो । कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेता कार्यकर्तालाई पार्टी, संगठन, नेतृत्व र समग्र अनुशासनका बारेमा प्रशिक्षण दिएका छन् ।

    त्यसैगरी अनुशासन आयोगका सचिव प्रा.डा.भरत पहारीले पार्टीका नेता तथा कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचार संहिताबारे प्रशिक्षण दिएको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए । प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू, प्रदेश लेखा आयोगका सदस्यहरू, आठवटै जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताए ।

    प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वाला कुमारी साह, अच्युत मैनाली, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालगायतको उपस्थिति रहेको थियो । एमाले केन्द्रीय अनुशासन आयोगले यसअघि ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम गरिसकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय