logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबिच भेटवार्ता


  • मंगलबार, भाद्र ११ २०८१

  • काठमाडौँ । ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अल्बुसाईदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा सोमबार दुई दिने भ्रमणका लागि नेपाल आएका विदेशमन्त्री अल्बुसाइदीले मंगलबार प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबिचको आपसी सम्बन्धको बारेमा छलफल गरेका छन् ।

    विदेशमन्त्री अल्बुसाइदीले दुई देशबिचमा भएको विभिन्न सहमति तथा  सम्झौतालाई कार्यान्वयनमा जोड दिएका छन् । दुई देशबिचको सम्बन्धलाई बलियो बनाउन दुवै देशले भूमिका खेल्नु पर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । विदेशमन्त्री अल्बुसाइदीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ओमन फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय