logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

साउनमा ८ अर्ब ५५ करोड वैदेशिक लगानी स्वीकृत

साउनमा ८ अर्ब ५५ करोड वैदेशिक लगानी स्वीकृत


  • मंगलबार, भाद्र ४ २०८१

  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना, साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ ।

    उद्योग विभागका अनुसार साउनमा ५९ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ५७ साना हुन् भने २ ठूला उद्योग हुन् । यी उद्योगले ३२३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

    यस्तै गत आर्थिक वर्ष २०८०/८१ देखि चालु आवको पहिलो महिना साउनसम्म कुल ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानीको लागि प्रतिबद्धता आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय