logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नोबेल अस्पतालमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु

नोबेल अस्पतालमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु


  • मंगलबार, असोज २० २०७७

  • विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना पुरुषको आज बिहान मृत्यु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुषमा पाँच वर्षदेखि ब्लड क्यान्सरको पुरानो समस्या थियो । त्यस्तै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान साढे २ बजेतिर मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।

    मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको थपिएको थियो । उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय