logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय कांग्रेस केन्द्रीय समितिबाट अनुमोदन

राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय कांग्रेस केन्द्रीय समितिबाट अनुमोदन


  • बुधबार, साउन २३ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले निर्णय सम्बन्धी प्रस्ताव बैठकले अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    ‘राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । महासमिति बैठकले गरेका प्रस्ताव परिमार्जनसहित केन्द्रीय समितिले अनुमोदन गर्ने निर्णय गरेको थियो । पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर बिहीबारदेखि छलफल हुन्छ’, बैठकपछि सञ्चारकर्मीलाई महतले बताए ।

    असार १७ गते कांग्रेस र नेकपा एमालेबिच संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।यस्तै भातृसंगठनहरुको अधिवेशन सम्बन्धमा निर्देशन समिति बनाउने विषयमा पनि छलफल हुने उनले बताए । यसैगरी महतले सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव पनि पेस भएको जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय