काठमाडौँ । सरकारले मन्त्रिपरिषदबाट सिफारिस तीन राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संघीय संसद सचिवालयलाई भनेको छ । उक्त पत्र हिजो संसदीय सुनुवाई समितिमा पुगेको छ ।
मन्त्रिपरिषदको गत असोज १५ को बैठकले पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई अमेरिका, लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो ।
सरकारको सिफारिस अनुसार प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अब अगाडि बढाइने संघीय संसद सचिवालयले जनाएको छ । प्रक्रियागतरुपमा समितिले प्रस्तावित राजदूतहरुका सम्बन्धमा उजुरी आब्हान गर्छ ।
उजुरी परेन भने सुनुवाई प्रक्रिया अघि वढ्छ भने उजुरी परेको खण्डमा त्यसलाई अस्विकृत गर्न दुई तिहाइ मत आवश्यक पर्छ ।