logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


  • सोमबार, साउन २१ २०८१

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड चुमेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो ।

    अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो । तर आज तोलामा ३ सय रुपैयाँले बढ्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय