काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज अपरान्ह बस्नेभ भएको छ । यसअघि हिजो बस्ने भनिएको बैठक दुई अध्यक्षले आज अपराह्न ४ बजेका लागि सारेका हुन् ।
बैठकमा यसअघि नै तय भएका र छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका नेताहरूले जानकारी दिएका छन् । नेकपामा केन्द्रीय सदस्यलगायत पूर्णकालीन कार्यकर्तालाई तबल दिने, कोरोना कालभरि सांसदहरूले बैठक भत्ता नलिनेलगायत एजेन्डामा छलफल हुन बाँकी छन् ।
त्यसबाहेक मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने लगायतका बिषयमा पनि छलफल हुने नेकपा स्रोतले जनाएको छ ।