logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बालकको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

बालकको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ


  • बुधबार, साउन २ २०८१

  • काठमाडौँ । सुनसरीमा बालकको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।  वराहक्षेत्र नगरपालिका–३ विस्थापित टोल बस्ने विक्रम विकका छोरा ६ वर्षीय अबि विकको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार वीरबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

    वीरबहादुरले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाइते भएका अबिको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय