logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की

प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की


  • सोमबार, असार ३२ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)को जिम्मेवारी डीएसपी नवीन कार्कीले पाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट कार्की बालुवाटारस्थित प्रधानमन्त्रीको सुरक्षा कार्यालयमा सरुवा भएका हुन् ।

    इन्स्पेक्टर माधव केसीलाई पनि प्रधानमन्त्रीको सुरक्षा अधिकृतमा सरुवा गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनी बालुवाटार स्थित प्रधानमन्त्री सुरक्षा कार्यालयमा सरुवा भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानमा डीएसपी केशर न्यौपानेलाई सरुवा गरिएको छ । न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय