बुटवल । रुपन्देही र बाँकेमा पानीमा डुबेर तीनजनाको ज्यान गएको छ । रुपन्देहीमा खोलामा पौडिखेल्न गएका युवा बेपत्ता भइ खोजीगर्दा मृत फेला परेका हुन भने बाँकेमा पोखरीमा पौडिखेल्दा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको रोहिणी खोलामा नुहाउनेक्रममा हिजादेखि बेपत्ता भएका एक युवक आज मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तिलोत्तमा नगरपालिका वडा न १२ जुटपानी स्थित रोहिणी खोलामा बिहीबार साथीसँगै नुुहाउन गएका १७ बर्षीय राजन पश्चिममा थारु खोलामा डुवेर बेपत्ता भएका थिए । बेपत्ता थारुको प्रहरी र स्थानीयले खोजि गर्नेक्रममा आज बिहान मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुरस्थित तालमा पौडी खेल्ने क्रममा नेपालगञ्जका दुई किशोरको आज मृत्यु भएको छ ।