logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

महामारीमा पनि विदेश जाने चाहाना उस्तै , १५ दिनमा १४५३ जनाले लिए पुनः श्रम स्वीकृति

महामारीमा पनि विदेश जाने चाहाना उस्तै , १५ दिनमा १४५३ जनाले लिए पुनः श्रम स्वीकृति


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । विदेश जान असोज महिनाको १५ दिनमा १४ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा ५३ सय २३ जनाले र यो महिनाको १५ दिनमा मात्रै १४ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

    कोरोना महामारीको समयमा पनि विदेश जान खोज्ने नपालीको चाहनामा भने कमी नआएको तथ्याँकले देखाएको छ । यो महिनामा मात्रै १ सय ४२ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका छन् ।

    संस्थागत र व्यक्तिगत गरी श्रम स्वीकृति खुलेदेखि अहिलेसम्म १९४ जनाले र यो महिनाको १५ दिनमा १४२ जनाले नयाँ श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
    नेपाली श्रमिकको श्रम गन्तव्य देशमा कोरोना महामारी फैलिए पछि गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन रोकिएको थियो । सकारले गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलाएको थियो । भने भदौ १४ देखि नयाँ श्रम स्वीकृति खुलेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय