काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ६० हजार ६ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म प्रदेश १ मा ५ हजार ४०२, प्रदेश २ मा १३ हजार ९२८, बाग्मती प्रदेशमा १८ हजार ८५१, गण्डकी प्रदेशमा ३ हजार ३७९, प्रदेश ५ मा ९ हजार ८१, कर्णाली प्रदेशमा ३ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३० जना डिस्चार्ज भएका छन् ।