काठमाडौँ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषकोे गए राति १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनुभयो ।
असोज ११ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेका ती पुरुष स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ मा अस्पताल भर्ना भएका थिए ।
गौतमका अनुसार उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै रुपन्देहीमा २५ जना संक्रमितको मृत्यु भएको छ ।