logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मनसुन बाहिरिने क्रम शुरू

मनसुन बाहिरिने क्रम शुरू


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । निर्धारित समयभन्दा केही ढिलाबाट शुरू भएको मनसुन बाहिरिने क्रम शुरू भएको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ । यस वर्ष करिब एक साता ढिलो मनसुन सक्रिय भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो, १५ असोजबाट सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को पश्चिमका केही भू९भागबाट मनसुन बहिर्गमन भएको छ ।

    तर, वंगालको खाडीमा रहेको न्यून चापीय ९वर्षा गराउने प्रणाली० क्षेत्र अझै सक्रिय हुने देखिएकोले बाँकी भू–भागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने अनुमान गरिएको छ । नेपालमा सामान्यतया २३ सेप्टेम्बरसम्ममा मनसुन बाहिरिन्छ। तर यसपाली भने मौसमको बहिर्गमन केही ढिला भएको छ । हाल देशका पहाडी भू–भागलगायत प्रदेश १ र २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मौसममा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदलीका साथ प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौ उपत्यकाको अधिकतम तापक्रम २९ दशमलब ५ डिग्री सेल्सियस र न्युनतम तापक्रम २० डिग्री सेल्सियस रहने छ । सुर्यदयो बिहान ५ बजेर ५७ मिनेटमा भएको थियो भने सुर्यास्थ साझँ ५ बजेर ४९ मिनेटमा हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय