logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छः मन्त्री सुडी

सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छः मन्त्री सुडी


  • आइतबार, असार १० २०८१

  • काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन् । 
    आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री सुडीले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका हुन् । 

    उनले विगतमा काठको मूल्य बढी भएको कारणले नेपालका काठहरु बिक्री हुन नसकेका बताए । एक, दुई महिना भित्रमा नै सबै नियम, कानून मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महङ्गो पर्न नदिने सुडीले बताए । मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठहरु नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विदेश काठ उपयोग नगर्ने नीति लिनुपर्ने बताए । उनले सामुदायिक वनलाई नियमन तथा अनुगमन गरेर अझ बलियो बनाउनुपर्ने बताए । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय