काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि ११ र १२ मंसिरमा हुने भएको छ ।
महासंघको आज बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।
गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।
आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।
सम्बन्धित समाचार
थप