logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्राकृतिक विपद : गएको वैशाखयता ४०२ जनाको ज्यान गयो

प्राकृतिक विपद : गएको वैशाखयता ४०२ जनाको ज्यान गयो


  • बिहिबार, असोज १५ २०७७

  • काठमाडौं । गएको वैशाख महिनायता बाढी, पहिरो लगायतका प्राकृतिक विपदमा परेर चार सय दुई जनाको ज्यान गएको छ ।

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि असोज १४ गते हिजोसम्ममा बाढी, पहिरो र चट्याङबाट चार सय दुई जनाको ज्यान गएको छ भने चार सय ३९ जना घाइते भएका छन् । १ सय १ जना वेपत्ता छन् ।

    पहिरोमा परेर मात्रै दुई सय २५ जनाको ज्यान गएको छ भने ६४ जना वेपत्ता छन् । यस्तै बाढीमा परेर ४२ जनाको ज्यान गएको छ भने ३७ जना बेपत्ता छन् । यस्तै यो अवधिमा चट्याङ लागेर ६५ जनाको ज्यान गएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय