logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हिमालयन बैंकको शाखा स्थानान्तरण

हिमालयन बैंकको शाखा स्थानान्तरण


  • आइतबार, असार ३ २०८१

  • काठमाडौँ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण  बैंकिङ्क सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।

    उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत शोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजैदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय