काठमाडौं । देशभर कोभिड –१९ संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसिआर गर्दा १ हजार ९११ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै देशभर संक्रमित संख्या ७९ हजार ७२८ पुगेको छ ।
हाल संक्रिय संक्रमित संख्या २१ हजार ८ सय ३० रहेको छ ।
यसैवीच देशभर कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै देशभर कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या ५०८ पुगेको छ ।