logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय


  • बिहिबार, जेष्ठ ३१ २०८१

  • काठमाडौँ । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले उनलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।

    जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई बिहीबार विशेष अदालतले कसुर निर्धारण गरेको हो । ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध अख्तियारले २५ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय