logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ


  • आइतबार, जेष्ठ २७ २०८१

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय