logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले छैन : महासचिव पोखरेल

सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले छैन : महासचिव पोखरेल


  • बिहिबार, जेष्ठ २४ २०८१

  • काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताएका छन् । सरकारमा सहभागी दलहरूभित्र केही समस्या देखिएपनि एमाले यही गठबन्धनको निरन्तरताको पक्षमा रहेको उनले स्पष्ट पारे ।

    ‘सरकारमा सहभागी दलहरूभित्र देखिएको विवाद र असन्तुष्टिले गठबन्धनको विषयमा केही आशंका उब्जिएको छ । एमाले वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको छ । अहिले विकल्प खोज्ने पक्षमा छैनौँ । केही दलभित्र देखिएको असन्तुष्टिले गठबन्धन भत्किँदैन’, बिहीबार उनले भने ।

    उनले मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा पार्टीभित्र छलफल नभएको बताए । प्रधानमन्त्रीलाई आवश्यक परेमा मन्त्री फिर्ता बोलाउने वा नबोलाउन विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय