logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कराँतेमा रायडेनलाई स्वर्ण

कराँतेमा रायडेनलाई स्वर्ण


  • बुधबार, जेष्ठ २३ २०८१

  • काठमाडौँ । बोस्टन ओपन कराँते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् । अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जिते । उनले १५–१६ वर्ष उमेर समूहको एडभान्स कुमुतेमा सफलता पाए ।

    प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट ४ खेलाडीले सहभागिता जनाएका थिए । १०–११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए । टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११ औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय