धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–४ का ३९ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो ।
प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले दिएको जानकारी अनुसार ती पुरुषमा उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्या थियो । उनी मिर्गौला रोगबाट पनि पीडित भएको र डाइलायसिस पनि गराउँद आएका थिए ।