logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु


  • शनिबार, जेष्ठ १९ २०८१

  • काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ । बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए ।

    बजेटबारे पूर्व अर्थमन्त्री युवराज खतिवडा, पार्टी महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेलले सांसदहरुलाई प्रशिक्षण दिँदैछन् ।  उनीहरुको प्रशिक्षणपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय