logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कौडा तथा चुड्का गीत ‘साली नानी’ सार्वजनिक

कौडा तथा चुड्का गीत ‘साली नानी’ सार्वजनिक


  • बुधबार, जेष्ठ १६ २०८१

  • काठमाडौँ । अस्ट्रेलियामा छायाङ्कन भएको कौडा तथा चुड्का गीत ‘साली नानी’ सार्वजनिक भएको छ । गायक गणेश गुरुङ र गायिका सुष्मा पुनको स्वर रहेको गीतमा कोरस गायन भने दुर्गा गुरुङ, तेजेन्द्र दुरा, भिमु गुरुङ, सुमिता परियारको छ । गीतमा शब्द तथा सङ्गीत कौडा किङ गणेशको छ । गीतमा सङ्गीत संयोजन दुर्गा गुरुङले गरेका छन् ।

    अष्ट्रेलियाको बिभिन्न स्थानमा छायाङ्कन भएको भिडियोमा विन्दु गुरुङ, शिला गुरुङ, सृष्टि मगर, स्वार्निमा गुरुङ,  स्मृति गुरुङ, प्रिया गुरुङलगायतको अभिनय छ । राजीव बलामीको निर्देशन रहेको भिडियामा माफूलु मगरको कोरियोग्राफी देख्न सकिन्छ । भिडियोलाई राजीव बस्नेतले छाँयाकन गरेका हुन्, भने सम्पादक विष्णु शर्माको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय