logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस भित्रको विवाद कायमै

कांग्रेस भित्रको विवाद कायमै


  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढेको छ ।

    सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हिजो पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र दर्ता गरेको छ ।

    महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीको नेतृत्वबाट झन् बढी विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षकोरुपमा ध्रुवीकृत भएको विरोधपत्रमा जनाइएको छ ।

    सभापति देउवालाई बिधि बिपरित गरिएका निर्णय सच्चाउन संस्थापन इतर पक्षले ७ दिने अल्टिमेटम समेत दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय