logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


  • शनिबार, जेष्ठ १२ २०८१

  • १२ जेठ,  कपिलवस्तु जिल्लाको नगरपालिका–३ कृष्णनगर मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा शनिबार  मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

    तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

    उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् ।

    घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय