logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बुढानीलकण्ठबाट सिक्री लुटेर भागेका युवक पक्राउ

बुढानीलकण्ठबाट सिक्री लुटेर भागेका युवक पक्राउ


  • सोमबार, जेष्ठ ७ २०८१

  • काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट सुनको सिक्री लुटेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको मौलापुर घर भएर बुढानीलकण्ठ बस्ने राधेश्याम शाह छन् ।

    २० वर्षीय शाहले जेठ ३ मा बाटोमा हिँडिरहेकी ५६ वर्षीय सुमित्रा श्रेष्ठको सिक्री लुटेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । शाहले साढे १ तोलाको सिक्री लुटेका हुन् ।

    सीसीटिभी फुटेजको आधारमा अनुसन्धान गरेर उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीमाथि प्रहरी वृत्त महाराजगन्जले चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय