logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अलिकति भएपनि पिर होस् जिन्दगीमा-गजल

अलिकति भएपनि पिर होस् जिन्दगीमा-गजल


  • सोमबार, असोज १२ २०७७

  • अलिकति भएपनि पिर होस् जिन्दगीमा ।
    कतैकतै त अप्ठ्यारो भिर होस् जिन्दगीमा ।

    फुलिरहने फुल मात्रै कहाँ हो जिन्दगी ?
    नदि सम्झी तड्पिने गड्तिर होस् जिन्दगीमा ।

    कहिले मन रुनुपर्छ, मुटु दुख्नुपर्छ,
    मुटुलाई चोट दिने झिर होस् जिन्दगीमा ।

    प्रेमको परिभाषा बुझ्न प्रेम टुट्नैपर्छ,
    मात्र उनको तस्बिर होस् जिन्दगीमा ।

       लुङ्वाँ तरेवा- फुङ्लिङ, ताप्लेजुङ


    सम्बन्धित समाचार थप

    लोकप्रिय