logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमलाई डी सिने अवार्ड

पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमलाई डी सिने अवार्ड


  • शनिबार, जेष्ठ ५ २०८१

  • काठमाडौँ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित कार्यक्रममा गौतमलाई नगद १५ हजारसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द र वरिष्ठ सङ्गीतकार शम्भुजित सापकोटा लगायतले उनलाई पुरस्कार प्रदान गरे।

    काठमाडौँ र हेटौँडामा रहेर  दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघको मकवानपुर शाखाको दुई कार्यकाल अध्यक्ष रहेका थिए।  उनले केही फिल्ममा अभिनय गर्नुका साथै निर्माणमा समेत सहकार्य गरेका छन्। पुरस्कृत गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिए। डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न यो अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय