logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड

नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड


  • सोमबार, बैशाख ३१ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेषज्ञता नभएका व्यक्तिहरू मन्त्री हुने गरेको बताएका छन् । चितवनको नारायणी नदीमा बन्न लागेको अत्याधुनिक प्रविधिको (सिग्नेचर ब्रिज) पुलको सोमबार शिलान्यास गर्दै उनले विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुने बताएका हुन् ।

    ‘नेपालमा मेसो न मेलोका मन्त्री हुन्छन् । मन्त्री बनाउने विशेष ज्ञान केही नचाइने । विशेषज्ञता सहितको मन्त्री भएमा काम गर्न सजिलो हुन्छ’, सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको प्रशंसा गर्दै उनले भने ।

    सिग्नेचर पुलको परिकल्पनाकार सेठ नै भएको भन्दै उनले मन्त्री आफै इन्जिनियर भएकाले काम गर्न सजिलो हुने बताए ।प्रधानमन्त्री प्रचण्डले सिग्नेचर ब्रिज निर्माणले आगामी दुई सय वर्षसम्म सवारी चाप कम हुने लक्ष्य राखिएको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय