रसुवा । रसुवागढी नाका नियमित सञ्चालन गर्ने तयारी स्वरुप नाकामा स्वास्थ्य सुरक्षा बढाउन चीनले आग्रह गरेको छ । नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाका उपायहरु कार्यान्वयन गर्न आग्रह गरेको हो ।
कोभिड १९ विरुद्ध सुरक्षा सतर्कता बढाएसँगै नाका निर्बाध रुपमा सञ्चालन गर्ने चीनको तयारी छ । चीनको आग्रहपछि रसुवामा पीसीआर ल्याब राख्न भन्सार विभाग मार्फत पहल थालिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले जानकारी दिनुभयो ।
विभागले रसुवागढी नाका वा रसुवामा ल्याब राख्नका लागि स्वस्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण गत भदौ १७ गतेदेखी रसुवागढी नाकामार्फत हुने ब्यापार रोकिएको छ ।