logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दिउँसै लुटियो जनकपुरमा सहकारीका कर्मचारीको हातबाट ८० लाख रुपैँया

दिउँसै लुटियो जनकपुरमा सहकारीका कर्मचारीको हातबाट ८० लाख रुपैँया


  • सोमबार, बैशाख २४ २०८१

  • जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

    शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

    महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

    महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय