logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव


  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले आ।व। २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औँ बैठकले शेयरधनीहरूलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय