logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

मेक्सिकोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

मेक्सिकोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु


  • सोमबार, बैशाख १७ २०८१

  • मेक्सिको सिटी । मेक्सिकोमा भयानक सडक दुघर्टना भएको छ । अधिकारीहरूले बताएअनुसार आइतबार मेक्सिकोको मालिनल्को राज्यमा यात्रुहरू सवार बस दुघर्टनाग्रस्त बनेको थियो । बस गुआनाजुआटो राज्यको सान लुइस डे ला पाजबाट यात्रु बोकेर गइरहेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । घाइतेहरूको सङ्ख्या ३१ जना रहेको छ ।

    घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको र उनीहरूको उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । बिहान आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बस क्यापुलिन–चाल्मा राजमार्गमा पल्टिएको थियो ।

    बस के कारणले पल्टियो भन्ने खुल्न सकेको छैन । सन् २०२० यता मेक्सिकोमा सडक दुघर्टना बढेका छन् । सन् २०२२ मा त्यहाँ सडकमा परेर ३ लाख ७७ हजार २३१ जनाको मृत्यु भएको त्यहाँको सरकारी तथ्याङ्क कार्यालयको तथ्यांकले देखाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय