logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कम्पनीमाथि निगरानी बढाउन उद्योग समितिको निर्देशन

कम्पनीमाथि निगरानी बढाउन उद्योग समितिको निर्देशन


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरु माथि निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उपस्थित सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी व्यापार गर्ने कम्पनीहरु माथि निगरानी बढाउनु पर्ने बताएका हुन् ।

    वस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत लिने तर पिरामिड शैलीबाट नेटवर्किङ व्यवसाय गरेको गुनासो आउने गरेकाले त्यस्ता कम्पनीमाथि निगरानी गरी कारबाहीको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय तथा विभागलाई निर्देशन दिनुपर्ने सांसदहरुले बताएका छन् ।

    समितिद्वारा वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरुले अध्ययन प्रतिवेदनले दिएका विषयहरुलाई पूर्ण रुपमा पालना गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुपर्ने बताएका छन् ।

    सो क्रममा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले प्रत्यक्ष बिक्री गर्ने कम्पनीहरुले गलत मनसायले काम गरेको देखिए कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ । उपसमितिले दिएको सुझाव बमोजिम समितिले निर्देशन दिएमा उपभोक्ताको सुरक्षा हुने सांसद प्रधानको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय