logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

परीक्षाअघि विद्यार्थीको पीसीआर नगराउन सरकारको आग्रह

परीक्षाअघि विद्यार्थीको पीसीआर नगराउन सरकारको आग्रह


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी मेडिकल कलेजले पिसिआर गरि विद्यार्थीलाई परिक्षामा सहभागी गराउने गरेको निणर्य अवैज्ञानिक भएको भन्दै उक्त निर्णय कार्यान्वय नगर्न निर्देशन दिएको छ ।

    लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पिसिआर परीक्षण गर्नु वैज्ञानिक नभएको भन्दै पिसिआर गरेर मात्र जाँचमा बस्ने निणर्य कार्यान्वयन नगर्न नगराउन मन्त्रालयले निजी मेडिकललाई निर्देशन दिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न पेसा, व्यवसायमा संलग्न कोही पनि व्यक्ति, फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिमा लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका र आइसियुमा भर्ना भएका व्यक्तिहरुको मात्र पिसिआर गर्नुपर्ने दायरा सरकारले निर्धारित गरेको र त्यसबाहेकका व्यक्तिको जााँच गराउनु पूणर्तः अवैधानिक मानिएको जानकारी दिनुभयो ।

    सरकारले निर्धारण गरेको दायराभन्दा बाहेकका व्यक्तिको परीक्षण गर्नु सररकारले कोभिड–१९ को नियन्त्रणमा गरिरहेको कामलाई हानी गर्ने प्रवक्ता गौतमले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय