वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–१ को दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० का तीर्थमान स्याङ्तान, उनकी श्रीमती ज्योती स्याङ्तान र छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढबाट पथलैयातर्फ जाँदै गरेको ना।४।ख ७२४४ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको प्रदेश न।२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आज साँझ ठक्कर दिएको थियो ।
ठक्कर दिने बसका फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।