logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

जानीराखौँ सबैले भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् ।

जानीराखौँ सबैले भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् ।


  • शुक्रबार, चैत्र १ २०७५

  • (२०७५ चैत १ गते शुक्रबार)

    हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ ।

    महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ ।

    पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ ।

    ठूलो कान- जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ । लामो कपाल- महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।

    लामो हात- जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ । लामो खुट्टा- लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।

    ठूलो नाइटो- जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् । लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।

    अन्य समाचार

    हिँउले पुर्यो मुस्ताङ, विकास निर्माणका काम प्रभावित

    ठिनी । हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ।

    स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन्।

    यसपालि फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताए।

    दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदुर चिसोले काम गर्न नसकेपछि फर्किएका छन्। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ।

    तयारी अवस्थामा रहेको चार मोटरेवल पुलको ढलान गर्ने काम हिउँका कारण रोकिएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताए।

    आयोजनाको काम एक महीनापछि धकेलिएको उनको भनाइ छ। जोमसोम–कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराईबाट आएका मजदुर फर्किएको बताए।

    विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ। मुस्ताङका पाँच स्थानीय तहले पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन्।

    बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतिक्षामा रहेको जनप्रतिनिधिको भनाइ छ। कागबेनीदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा गत पुसयता यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। सडकमा बाक्लो हिउँ जमेकाले स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ।

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजर परिचालन गरेर हिउँ पन्छाएपछि कागबेनी–मुक्तिनाथ सडक खुलाइएको छ। चौरीगाई, भेँडा र च्याङ्ग्रालाई चरनको अभावले मर्न थालेका छन्। जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन सकेका छैनन्।

    मृग, घोरल, कस्तुरीजस्ता वन्यजन्तु पनि आहाराको अभावले प्रभावित बनेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०की रेञ्जुर धनु गुरुङले बताए

    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय