logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे

मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे


  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसँग नेपालस्थित विभिन्न देशका कूटनीतिज्ञहरूले शुक्रबार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नर्वेका राजदूत तोरुन दर्मादल, जर्मनीका डा.थोमस प्रिन्ज, बेलायतका रोब फेन, स्वीजरल्याण्डका डनिएल मेउवली र नेपालस्थित एसियन विकास बैंकका निर्देशक अर्नाउद काउचोइसले अर्यालसँग भेट गरेका हुन् ।

    करिब एक घण्टाको भेटमा आसन्न लगानी सम्मेलनबारे कुरा भएको थियो । मुख्यसचिव अर्यालले कूटनीतिज्ञहरुसँग लगानी सम्मेलन सफल पार्नेबारे छलफल भएको जानकारी  दिए । लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय