logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान

निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान


  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो ।

    २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।

    २०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय